दोलखाको बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गंगाबहादुर दाहालका घरमा आगलागी भएको छ ।
सोमवार बिहान करीब साढे ११ बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ ।
स्थानीय, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्सनको पानी ट्यांकी समेतको प्रयासमा आगलागी नियन्त्रण भए पनि घरभित्रबाट कुनै सामग्री निकाल्न नसकिएको स्थानीय सुजन दाहालले जानकारी दिए ।
भूकम्पले क्षति भएपछि निर्माण भएको घरमा दाहाल परिवारको बसोबास थियो । आगलागीबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, रुप...