चितवन भरतपुरको रामघाटस्थित दुर्गा मन्दिरमा बिहीबार बिहान चहलपहल थियो । मन्दिरका पुजारीसँगै स्थानीय दलित महिला कोपिला परियार पनि मन्दिरभित्र प्रवेश गरिन् । उनले दुर्गाको मूर्तिमा पूजा गरिन् र वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेललाई टीका लगाइदिइन् । त्यसपछि उनले मन्दिरमा उपस्थित भएका अन्य सहभागीहरुलाई टीका, फूल र प्रसाद वितरण गरिन् । परियार सोही वडाकी महिला सदस्य समेत हुन् । मन्दिरमा पूजा गर्नका लागि स्थानीय दलित समुदायका व्यक्तिहरु, वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेल, राष्ट्रिय दलित आयोगका स