म चलेको साहित्यकार ऊ, उसका किताब पढेर पाठकहरू चरम आनन्दमा हराउँछन् । ख्यालठट्टा, हाँसोरोदन, यौन, धोका सबैको मिश्रण उसको सिर्जनामा पाइन्छ ।
सानैदेखि मिहिनेती उसले आफ्नो बाको दुःख, सङ्घर्ष राम्रोसँग बुझेको, देखेको थियो । रातदिन केही नभनी उसका बाले कल खट्खट् पारेर घरमा सुखसयल रूपी सङ्गीतको ध्वनि गुन्जाइरहन्थे । विचरा उसका बा जीर्ण शरीर लिएर मीठा गीतहरू गुनगुनाउँदै लुगा सिलाइरहन्थे । बाको गीत र मेसिनको एकनासको खट्खट् आवाजसँगै ऊ केके सम्झेर लेखिरहन्थ्यो । बाले ‘‘पढ् है छोरा, पढिनस् भने मेरोजस्तै जीवनभर सियोमा धागो हालेर बस्नुपर्छ’’ भनेको सम्झेर ऊ डराउँथ्यो । धेरै पढेर ठूलो मान्छे बनेको सपना ऊ देख्थ्यो । सपनालाई कापीमा उताथ्र्याे र आफ्नो बालाई सुनाउँथ्यो, कहिले कविताको रूपमा त कहिले कथाको रूपमा ।