हत्या आरोपमा भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

महिलाको हत्या आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं महानगरपालिका-१५, शोभाभगवती स्वयम्भूमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

अर्घाखाँचीकी ६० वर्षीया राधाको हत्या आरोपमा भारतीय नागरिक पक्राउ

१९ पुस, अर्घाखाँची । शीतगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापाको हत्यामा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रकाउ पर्नेमा भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भई शीतगंगा-१० बोरखोरमा बस्ने २३ वर्षीय सुशान्त सिंह रहेका छन् । राधाको शव आइतबार बिहान शीतगंगा -१० कै सिद्धारा बोखोरस्थित जंगलमा टाउकोमा गहिरो […]

निर्मला हत्याकाण्ड : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ । १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ । शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआ

गुल्मीका कुँवरको हत्या आरोपमा भारतीय नागरिक पक्राउ

खिमराज चालिसे, चंडिगढ । भारतको हरियाणामा हत्या गरिएका गुल्मी मुसिकोट–३ खिल्लीका रामबहादुर कुँवरको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तराखण्ड राज्यको अल्मोड़ा निवासी राकेश भन्ने युवक रहेका छन् । गत ९ फरवरी राति हरियाणा राज्यको हिसारस्थित रेस्टोरेन्ट (चिकन हन्ट) मा कार्यरत रामबहादुर कुँवरको सोही रेष्टोरेन्टमा हत्या भएको थियो । हरियाणा पुलिसले उत्तराखण्ड राज्यको अल्मोड़ा निवासी राकेश भनिने युवकलाई गिरफ्तार गरी हिरासतमा लिएको हो । सो घटनाको सत्यतथ्य बुझ्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चीमोत्तर क्षेत्रीय समितीका तारा सोमरेको नेतृत्वमा हिसार नगरसमितीका अध्यक्ष नन्दबहादुर लम्तरीले मृतकका परिवारका सदस्यहरुसहित पुलीस कस्टडीमा रहेका आरोपीलाई भेटेर सोधपुछ गर्नुभएको थियो । सोधपुछमा आरोपी राकेशले आरोप स्वीकार गरेको क्षेत्रीय समितीका तारा सोमारेले बताउनु भएको छ । सोमारेका अनुसार उपरोक्त केसमा परिवारलाई आर्थिक रुपमा सहयोगको लागि लेवर कोर्टमा जाने र अदालत मार्फत दोषीलाई सजाय दिलाउनको लागि पीडितको हकमा आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने मूल प्रवाहले प्रतिवद्धता जनाएको छ । रामबहादुरको ९ फरवरी राति हत्या भएपछि अर्को दिन (१० फरवरी) विहानै उक्त घटनाबारे थाहा पाउने वित्तिकै मूल प्रवाहका कार्यकर्ताहरु घटनास्थल पुगी छानबिन गर्दा उनलाई सँगै काम गर्ने साथी राकेस भन्ने व्यक्तिले हत्या गरि भागेको आशंका गरिएको थियो । कतिपय प्रमाणहरुको आधारमा ११ फरवरीको पुलिस थानामा राकेश विरुद्ध हत्या आरोपमा एफआईआर रिपोर्ट दर्ज गरी शवको पोस्टमॉर्टम गराई छोरा विक्रम कुँवर आफन्तहरु, र संगठनका प्रतिनिधीहरुको उपस्थितिमा दाहसंस्कार समेत गरिएको थियो । यो पनिः भारतको हिसारमा नेपालीको हत्या