काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई यथास्थितीमा अनुमोदन नगर्ने औपचारिक निर्णय गरेको छ । आज बसेको माओवादी स्थायी समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले एमसीसीलाई परिमार्जनसहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय भएको बताए । ‘एमसीसीका विषयमा बाहिर जुन विषय सार्वजनिक भएको छ, हाम्रो पार्टी एमसीसीको विषयमा राष्ट्रिय सहमति कायम […]