कोशीका प्रदेश सांसद र कर्मचारीलाई इन्डक्सन चुलो बाँडेपछि सामाजिक सञ्जालमा विरोध

विराटनगर । कोशी प्रदेश प्रदेशसभा सदस्यहरूलाई प्रदेश सभा सचिवालयले विद्युतीय (इन्डक्सन) चुलो वितरण गरेपछि सामाजिक सञ्जालमा विरोध भएको छ । प्रदेश सभा सदस्यहरुले र सचिवालयका कर्मचारीले इन्डक्सन चुलो सचिवालयबाट बुझेर लगेपछि सामाजिक सञ्जालमा विरोध भएको हो । प्रदेश सभा सचिवालयले वितरण गरेको चुलो पूर्व मन्त्री तथा दलका नेताहरूले समेत लगेका छन् । नेकपा माओवादी केन्द्र […]