खोप लगाएको प्रमाणीकरण अब चार अस्पतालबाट गरिने

काठमाडौं उपत्यकाका चार वटा अस्पतालबाट खोप लगाएको प्रमाणीकरण गरिने भएको छ ।  यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण गर्ने गरिएको थियो ।  अब भने बानेश्वरस्थित निजामती अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि प्रमाणीकरण गर्न सकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  एक ठाउँबाट मात्रै प्रमाणीकरण गर्ने हुँदा वैदेशिक रोजगारमा जाने श्रमिकले खोप लगाएको प्रमाणपत्र लिन सास्ती व्यहोर्नु परेको थियो । अ...