परम्परा तोड्दै राज्यमन्त्री श्रेष्ठको शपथ सिंहदरबारमै

काठमाडौँ – नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। यसअघि राज्यमन्त्रीको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले शीतल निवासमा गराउने परम्परा भए पनि यसपटक उक्त परम्परालाई तोड्दै सिंहदरबारमै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो। शपथ ग्रहण कार्यक्रममा अरु मन्त्री र मुख्य […]