परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमण जाने तय भएपछि परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले तयारी थालेका छन् । परराष्ट्र मन्त्रालयले भारत भ्रमणको मिति घोषणा नगरेपनि माघ १ गते मन्त्री ज्ञवालीको भारत जाने तयारी रहेको छ ।मन्त्री ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन गइरहेका छन् । सो बैठकमा दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्नेछन् । आयोगको बैठकमा दुई देशबीच सहकार्य भएका परियोजनाहरुको विषयमा छलफल हुने बताइएको छ ।सीमा विवादको वि