काठमाडौं : भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गरेका छन्। प्रधानसेनापति शर्मा बिहान ८ बजे ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै नेपाली सेनाको विमान मार्फत् भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए। प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो । भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत गएका हुन्। नेपाल र भारत