विम्बल्डन टेनिस : नाडाल सेमिफाइनलमा

पाँचौ सेटको टाइब्रेकरमा टेलर फ्रिट्जलाई हराउदै स्पेनिस टेनिस स्टार राफेल नाडाल वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा नाडालले फ्रिट्जलाई ३–६ ७–५ ३–६ ७–५ ७–६ (१०–४) ले हराए । नाडालले जितसँगै फाइनल प्रवेशका लागि निक कीर्गिओससँगको भेट पक्का गरे ।जितसँगै अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितेका नाडालले वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने सम्भावनालाई अझ बलियो बनाएका छन् । नाडालले पछिल्लो पटक सन् २०१० मा व

सम्बन्धित सामग्री

मार्केटाले रचिन् कीर्तिमान

चेक रिपब्लिककी मार्केटा भोन्डोरोसोभा बिनावरीयता विम्बल्डन टेनिस जित्ने पहिलो महिला खेलाडी बनेकी छिन्।...

मार्केटाले रचिन् कीर्तिमान

चेक रिपब्लिककी मार्केटा भोन्डोरोसोभा बिनावरीयता विम्बल्डन टेनिस जित्ने पहिलो महिला खेलाडी बनेकी छिन्।...

राइबाकिनाले जितिन् विम्बल्डन टेनिस महिलातर्फको उपाधि

काठमाडौं : इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि हात पारेकी छन्। गएराति भएको फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै काजकिस्तानकी राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन्।  १७ औं वरियताकी राइबाकिनाले जाबेरलाई ३–६,६–२ र ६–२ ले पराजित गरिन्। २३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो। उनले पहिलो पटक विम्बल्डनको उपाधि जितेकी हुन्। राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेक

विम्बल्डन टेनिस : महिलातर्फको उपाधि राइबाकिनालाई

ओन्स जाबेरलाई हराउँदै काजकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।शनिबार भएको फाइनलमा राइबाकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई  ३-६, ६-२,  ६-२ ले पराजित गरिन् ।२३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो । राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छिन् ।

विम्बल्डन टेनिस : जोकोभिच फाइनलमा

बेलायतका क्यामरुन नोरीलाई हराउँदै साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति नवौं वरीयताका क्यामरुनमाथि २-६, ६-३, ६-२,  ६-४ को सेट पराजित गरे । अब, आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्ने छन् ।यसअघि, स्पेनिस टेनिस स्टार राफेल नाडाल पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिएका छन् । सेमिफाइनलमा शुक्रबार नाडालले निक किर्गियोसको सामना गर्ने तालिका थियो ।

विम्बल्डन टेनिस :  जोकोभिच सेमिफाइनलमा

नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा मंगलबार राति इटालीका जानिक सिनरलाई हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् ।साविक विजेता जोकोभिचले दशौँ वरीयताका सिनरलाई ५-७, २-६, ६-३,६-२ र ६-२ को सेटमा पराजित गरे ।जोकोभिचको यो ३ सय ३२ औं ग्रान्डस्लाम जीत हो ।

विम्बल्डन टेनिस : नाडाल अन्तिम आठमा

बोटिक भान डर जान्डस्कुपलाई गराएसँगै राफेल नाडालले विम्बल्डनको क्वार्टर फाइलमा टेलर फ्रिट्जको सामना गर्ने भएका छन् । दुई पटकका विम्बल्डन विजेता नाडालले ग्रान्ड स्लाममा ३५० औं जित दर्ता गर्ने क्रममा सोमबार अन्तिम १६ मा जान्डस्कुपमाथि ६-४,६-२,७-६(८-६) को जित निकाले ।फ्रिट्ज भने जेसन कुबरलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेका थिए । फ्रिट्जले यसअघि इन्डियन वेल्स मास्टर्समा नाडाललाई हराएका थिए । नाडाल कीर्तिमानी २२ पटकका ग्रान्ड स्लाम विजेता हुन् । उनलाई समान २० ग्रान्ड स्लामसहित

विम्बल्डन टेनिस : जोकोभिच तेस्रो चरणमा प्रवेश

अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।बुधबार राति सेन्टर कोर्टमा शीर्ष वरियताका जोकोभिचले  थानासीमाथि ६-१,६-४,  ६-२ को जित निकाले । अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन् ।

रोजर फेडरर विम्बल्डन टेनिस क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी। स्वीस रोजर फेडेरर विम्बल्डन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन्। फेडेरर गएराति भएको खेलमा हुबर्ट हुर्काजसँग सोझो सेटमा पराजित भए।२० पटकका ग्राण्डसलाम विजेता ३९ वर्षीय फेडेररलाई १४ औं बरियताका पोल्याण्डका हुबर्टले ६–३, ७–६ (७–४) र ६–० को सेटमा पराजित गरेका हुन्। हुबर्टले पहिलोपटक ग्राण्डस्लामको सेमिफाइनलमा स्थान बनाएका हुन्। हुबर्टले सातौं बरियताका मातेओ बेरित्तिनीसँग फाइनल प्रवेशका लागि आइतबार प्रतिस्पर्धा गर्नेछन्।

जिजान विम्बल्डन टेनिस खेल्ने पहिलो चिनियाँ खेलाडी बन्ने

एजेन्सी। जाङ जिजान विम्बल्डन टेनिस खेल्ने पहिलो चिनियाँ खेलाडी बन्ने भएका छन्। जिजानले छनोट खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरेन्डोलोलाई ६–०, ६–३, ६–७(४), ७–६(६) को सेटमा हराउँदै विम्बल्डनमा स्थान बनाएका हुन्। २४ वर्षे जिजान १९६८ बाट ‘ओपन इरा’ सुरू भएपछि ग्राण्डस्लाम खेल्ने चौथो चिनियाँ खेलाडी बने। यसअघि वु डी, जाङ जी र ली जी अस्ट्रेलियन ओपन टेनिस खेलेका थिए।