तनहुँका स्थानीय तहको प्रमुखमा महिला शून्य

तनहुँ : जिल्लाका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ।२०७४ सालको स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भइन्। अघिल्लो स्थानीय तहमा एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी मायादेवी राना यो पटक म्याग्दे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भइन्। १० पालिकामध्ये म्याग्देमा मात्रै प्रमुखमा महिलाको  उम्मेदवारी परेको थि