सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्धार

राजविराज : सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका-५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए। उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार…