मुलुकभर ८८.७५ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ । मुलुकमा ८८.७५ धान रोपाइँ सम्पन्न भएको छ । मुलुकभर १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल धान रोपाइँ हुने गरेकोमा ६ साउन सम्ममा मुलुकभर ८८.७५ प्रतिशत धान रोपाइँ भएको हो । अघिल्लो वर्ष भन्दा २.९३ प्रतिशतले रोपाइँ घटेको छ । अघिल्लो वर्ष सोही अवधिमा ९१.६८ प्रतिशत धान रोपाइँ भएको थियो । विभागको तथ्यांक […] The post मुलुकभर ८८.७५ प्रतिशत रोपाइँ सम्पन्न appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

मकवानपुर, १४ भदौ । बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए । काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उनले […]

देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ– साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत  रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।  देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । […]

तनहुँमा ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न

टारी खेतबाहेक तनहुँका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । तनहुँमा यस वर्ष ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ ।      असारमा राम्रै वर्षा भएकाले टारी खेतबाहेक अन्य क्षेत्रमा रोपाइँ भएको हो । जिल्लामा सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा रोपाइँ भए पनि लामो समय बर्सात नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । यस वर्ष किसानले युरिया र डिएपी मलको प्रयोगबिना नै धान रोप्न बाध्य भएका छन् । अवैधरुपमा व्यापारीले ल्य

तनहुँका अधिकांश खेतमा रोपाइँ सम्पन्न

तनहुँ – टारी खेतबाहेक तनहुँका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ। तनहुँमा यस वर्ष ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ। असारमा राम्रै वर्षा भएकाले टारी खेतबाहेक अन्य क्षेत्रमा रोपाइँ भएको हो। जिल्लामा सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा रोपाइँ भए पनि लामो समय बर्सात नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख […]

नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपुर । नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले जानकारी दिनुभएकाे हाे । जिल्लाको तल्लो क्षेत्र गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । पहाडी क्षेत्रमा […]

तेह्रथुममा ७८ प्रतिशत रोपाइँ सम्पन्न

तेह्रथुम । तेह्रथुममा हालसम्म कुल धान रोपाइँ हुने क्षेत्रफलको ७८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । ८१ दशमलव ६२ प्रतिशत खेतीयोग्य जग्गा रहेको तेह्रथुममा यसवर्ष अहिलेसम्ममा ७८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । यसवर्ष तेह्रथुममा पानी परिरहेकोले किसानले समयमै रोपाई गर्न पाएका हुन् । ज्ञान केन्द्रको तथ्याङक अनुसार प्रदेश १ […]

देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ। गत वर्ष असारमा ६८ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए। रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएको हो। गत वर्षको तुलनामा करिब आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको […]

ताप्लेजुङमा ४५ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ– फुङ्लिङ – निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । असारको  तेस्रो सातासम्ममा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । लेकाली तथा बाँझो जमिनमा  पनि यो वर्ष धान रोपाइँ सम्पन्न भएको हो ।  यसपालि रोपाइँ सुरु गर्ने समयदेखि नै वर्षा भएकाले जिल्लाका किसानले अहिले पनि सहजरूपमा रोपाइँ गरिरहेका कृषि ज्ञान केन्द्र […]

डडेल्धुरामा ९५ प्रतिशत रोपाइँ सम्पन्न

६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । समयमै मनसुन वर्षा भएका कारण डडेल्धुरामा यो वर्ष साउन पहिलो सातामै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए । नियमित रुपमा वर्षा भएका कारण सिँचाइ हुने जमीनका साथै सिँचाइ नहुने जमीनमा समेत यो वर्ष रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको ब

सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ सम्पन्न

धनगढी : आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस। देशभर राष्ट्रिय धान दिवस मनाइएको छ। राष्ट्रिय धान दिवस मनाउँदै गर्दा सुदूरपश्चिम प्रदेशमा भने ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ।यसपाली समयमै मनसुन सक्रिय भएका कारण असार १५ गतेसम्म प्रदेशका ९ वटै जिल्लामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ।प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले मंगलबारसम्म ५० प्रतिशत रोपाइँ सकिएको जानकारी दिए।‘सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा