हेटौंडा : बागमती प्रदेशसभाले पाँच वर्षको अवधिमा ४५ वटा कानुन निर्माण गर्दा ५६ वटा संशोधन गरेको छ । सुरुमा प्रदेश सरकारले ९९ वटा कानुन आवश्यक रहेको भन्दै ती कानुन दुई वर्षभित्रमा निर्माण गरिसक्ने बताएको थियो। तर, पछि सरकारले ८२ वटा मात्रै आवश्यक कानुन रहेको पहिचान गरेको थियो। सरकारले दुई वर्षमा ९९ वटा कानुन निर्माण गरिसक्ने बताएको भएपनि प्रदेशसभा र सरकार बनेको करिब पाँच वर्ष पुग्न लाग्दा पहिचान भएका ऐनमध्ये हालसम्म जम्मा ४८ वटा ऐन मात्रै निर्माण भएका छन् । संघीयतामा गएपछि पहिलोपटक