सम्पर्कविहीन विमान खोज्न हेलिकप्टरको प्रयोग,  मौसमका कारण समस्या

काठमाडौं : बिहानदेखि हराइरहेको तारा एअरको विमान खोजीकार्य तिव्र पारिएको छ। पोखराबाट जोमसोम उडेको विमान सम्पर्कविहीन भएपछि खोजी कार्य जारी छ।सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ। स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो।हेलिकप्टरमा प्रहरी टोली र विमानस्थलका कर्मचारीहरू खोजीमा गए पनि घाँसा क्षेत्रमा पानी परेकोले खोजी कार्यमा कठिनाइ भइरहेको जानकारी  मुस्ताङ प्रहरीले दिएको पर्वतबाट जिल्ला संवाददा

सम्बन्धित सामग्री

तारा एयरले भन्योः खराब मौसका कारण बेपत्ता विमान खोज्न समस्या भयो

काठमाडौँ – तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ। पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरको भनाइ छ। तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरू […]

मौसममा खराबी आएपछि प्रहरीले पैदलबाटै सुरु गर्‍यो सम्पर्कविहीन विमानको खोजी

पोखरा : आज बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न पैदल यात्राबाट प्रहरी टोली खटिएको छ। मौसमको खराबीका कारण हेलिकोप्टरमार्फत विमान खोज्न समस्या भएपछि प्रहरीले पैदलबाट खोजी कार्य सुरु गरेको हो। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार अहिलेसम्म विमानबारे केही जानकारी प्राप्त भएको छैन। प्रहरीको टोली पैदल यात्रा…