मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ। कतारको दोहास्थित अल बायेत स्टेडियममा सम्पन्न खेलमा अफ्रिकी टोली मोरोक्कोमाथि २-० गोलअन्तरले जित निकाल्दै साविक विश्वकप विजेता फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको पाँचौ मिनेटमा थेओ हर्नान्डेजले डिफेन्डरहरुबीचको असमझदारीका बीच रिबाउन्डमा आएको बललाई…