इलाम १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल पराजित,एमालेका महेश बस्नेत विजयी

इलाम । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेका महेश बस्नेत विजयी हुनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेर बस्नेत विजयी हुनु भएको हो । यसको औपचारिक घोषणा भने भएको छैन । बस्नेतले खनाललाई २ हजार ९५७ मतको फराकिलो […]

सम्बन्धित सामग्री

ब्याटलग्राउन्ड इलाम–१ : झलनाथको छैटौँ जितमा महेशले लगाउलान् ‘ब्रेक’ ?

मङ्सिर ४ को मतदान मिति नजिकिँदै गर्दा इलाम–१ को प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामबारे चासो बढ्दै गएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा समाजवादीका सम्मानित नेता समेत रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकाले पनि धेरैले इलाम–१ लाई चासोका साथ हेरेका हुन् ।खनालसहित यहाँ नेकपा एमालेका महेश बस्नेत, जनता समाजवादी पार्टी नेपालका कमल कुमार राई, राप्रपाका तोयानाथ शर्मा सापकोटा, मंगोल नेशनल अर्गनाइजेसन बुद्धलाल मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ज