साउन १८, काठमाडौं । सोमवार पछिल्लो २४ घण्टामा थप ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१३ नमूना पीसीआर परीक्षण गर्दा २ हजार २७९ जनामा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार १९८ जनाको परीक्षण गर्दा ८४६ जनामा कारोना संक्रमण देखिएको छ ।
त्यस्तै सोही अवधिमा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २३ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको छ । यसैगरी, सोमवार १ हजार ९२५ जना निको भएसँगै हालसम्म ६ लाख ५८ हजार १२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।