फागुन ११, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार ५ हजार १०३ पीसीआर परीक्षणमा २५६ जना र ३ हजार ५९० एन्टिजेन परीक्षणमा ५६ जना गरी कुल ३१२ जनामा भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै, सोही अवधिमा देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बुधवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३० पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९० पुगेको छ ।
यस्तै बुधवार ९११ जना निको भएसँगै हालसम्म ९ लाख ५४ हजार ३४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
त्यसैगरी, काठमाडौंमा ६७ तथा ललितपुर र भक्तपुरमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।