काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १९५ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। सङ्कलन गरिएका सबै सिलिन्डर मंगलबार कोभिड अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म १० हजार ५४५ वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र अक्सिजन प्लान्ट उद्योगलाई बुझाएको छ।