सुर्खेत सिम्तामा मतदान सम्पन्न, ६८ प्रतिशत मत खस्यो

यही मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः मतदान कार्य सम्पन्न भएको छ । सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा मतदान […]