विरोध खतिवडाले अग्रता लिए, एमालेका महेश बर्तौला पछि परे

काठमाडौं, ५ मंसिर । मकवानपुर-२ का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले अग्रता लिएका छन्। खतिवडाले १९२० मत ल्याएका छन्। उनलाई एमालेका महेश बर्तौलाले पछ्याईरहेका छन् । उनले १६०५ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५०१ मत ल्याएका छन्। खतिवडा यो क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् । file photo

सम्बन्धित सामग्री

विरोध खतिवडा दाजु इतिहास हो, जनताले मलाई भविष्य देखेः महेश बर्तौला

आज राजनीतिप्रति प्रश्न किन लाग्यो ? एउटा मान्छे पटक–पटक पदबाट बाहिर आउन नचाहने, हस्तान्तरण गर्न नखोज्ने, शक्तिलाई केन्द्रीकृत गर्ने, अवसरलाई केन्द्रीकृत गर्न खोज्ने परिपाटीले राजनीतिक उपलब्धीमाथि नै प्रहार भइरहेको छ ।

नेकपा (एस) का विरोध खतिवडालाई हराउँदै एमालेका महेश बर्तौला विजयी

कपा ९एस० का नेता विरोध खतिवडा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलासँग पराजित हुनुभएको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी हुनुभएको हो । बर्तौलाले खसेको कूल ८६ हजार तीन सय एकमध्ये ३४ हजार नौ सय १६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी खतिवडाले ३० हजार […]

राजनीतिक गुरु विरोधलाई हराउँदै सांसद चुनिए महेश बर्तौला

८ मंसिर, मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजारभन्दा बढी मत अन्तरले पछि पार्दै बर्तौलाले प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् । ८६ हजार ३१ मत खसेकोमध्ये बर्तौलाले ३४ हजार ९१६ मत पाएर […]

मकवानपुर २ मा एमालेका महेश बर्तौला अग्रता बढाउँदै

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले आफ्नो अग्रतालाई बढाएका छन् । बर्तौला सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका विरोध खतिवडा २ हजार ७ मत अघि छन् । ६० हजार ११४ मत गणना गर्दा उनले २३ हजार ५३२ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले २१ हजार ५२६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ८ हजार ६५७ मत पाएका छन् । मुख्य निर्वाचन कार्यालय मकवानपुरका अनुसार उक

मकवानपुर-२ मा विरोध खतिवडालाई पछि पार्दै एमालेका महेश बर्तौलाको अग्रता

हेटौँडा । मकवानपुरको क्षेत्र नंबर २ मा गठवन्धनका उम्मेद्वार बिरोध खतिवडालाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले सुरुवाती अग्रता हासिल गरेका छन् । दुईहजार ३८५ मत गणना हुँदा बर्तौलाले अग्रता कायम गरेका हुन् । यस्तो छ पछिल्लो मत परिणामः महेश बर्तौला (सुर्य) – ८७५ विरोध खतिवडा (कलम)-८२६ भरत पराजुली (घण्टी)- ४५९ राजन मैनाली (हलो)-२७

मतदाता आकर्षित गर्न एमाले र गठबन्धनको भोज [तस्वीरहरू]

हेटौडा :   मकवानपुरमा मतदातालाई आकर्षित गर्न भोजको व्यवस्था गरिएको छ। गठबन्धन र एमाले दुवै पक्षले मतदातालाई आकर्षित गर्न दुई स्थानमा भोजको व्यवस्था गरेका हुन्।  मनहरी गाउँ-४  हाँडीखोलाको पशुपति माविमा मतदान चलिरहेको छ भने त्यसको करिब ५० मिटरको दुरीमा भोज चलिरहेको छ।मकवानपुर-२ क्षेत्र पर्ने उक्त स्थानमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीमा नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा र एमालेतर्फबाट महेश बर्तौला उम्मेदवार रहेका छन्।

मेरो गठबन्धन जनतासँग भएको छ : महेश बर्तौला

मकवानपुर प्रतिनिधिसभा क्षेत्र–२ मा भइरहेको चुनावी प्रतिस्पर्धाको चर्चा देशभर नै छ । कारण हो, चारपटकका विजेता विरोध खतिवडा एमालेका युवा उम्मेदवार तथा विद्यार्थी नेता महेश बर्तौलासँग प्रतिस्पर्धा गर्दैछन् । एमाले वाग्मती प्रदेश कमिटीको उपसचिव रहेका बर्तौलाको यो संसदीय निर्वाचन पहिलो अनुभव हो ।

गुरू चेलाकाे प्रतिस्पर्धा

चुरे (मकवानपुर) । उम्मेदवारी दर्ता गराएसँगै व्यस्त दैनिकीमा छन्– मकवानपुरका विरोध खतिवडा र महेश बर्तौला । प्रतिनिधिसभातर्फ मकवानपुर निर्वाचन क्षेत्र २ मा उम्मेदवार रहेका उनीहरू आफ्नाे क्षेत्रमा आफुलाई ‘अब्बल’ दाबी गर्छन् । खतिवडा सत्ताधारी गठबन्धनको साझा र बर्तौला नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार हुन् । विरोधलाई कलम फाप्ला ? विगतमा सूर्यको साथ राम्रैसँग फाकेको थियो, […] The post गुरू चेलाकाे प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....