कोरोना संक्रमणका कारण संसद सचिवालयमा कार्यरत उपसचिवको निधन

कोरोना संक्रमणका कारण संघीय संसद सचिवालयमा कार्यरत एक उपसचिवको निधन भएको छ । सचिवालयको कानून शाखाका कार्यरत उपसचिव कृष्णराज खनालको शुक्रवार निधन भएको हो । ५२ वर्षीय खनाललाई मुट रोग सम्बन्धी समस्या समेत रहेको सचिवालय स्रोतले बतायो । यसैबीच प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उपसचिव खनालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।  कोरोना संक्रमणका कारण दिवंगत संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकसन्तप्त परिवार एवं आफन्तजनमा गहिरो समवेदना ! ...

सम्बन्धित सामग्री

कोरोनाका कारण गीतकार पूवाचलको निधन

मलयालम फिल्मका लोकप्रिय गीतकार पूवाचल खादरको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको हो । कोरोना संक्रमित भएपछि उनी एक सरकारी मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारको क्रममा उनको निधन भएको हो ।७२ बर्षका गीतकारको निधनको खबर परिवारले सार्वजनिक गरेका हुन् । सोमबार मध्यराती निधन भएका उनको आज मंगलबार अन्तिम संस्कार गरिने बताइएको छ । गीतकार पुवाचलले ४०० भन्दा बढी मलयालम फिल्मका गीत लेखेका छन् । तीमध्ये केही अत्याधिक सुपरहिट छन् ।

कोरोनाका कारण पूर्वराज्यमन्त्री बिष्टको निधन

कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका नेता तथा पूर्व संचार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ । उनको शनिबार राती काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको...

कोरोना संक्रमणका कारण कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन

काठमाडौं : कोरोना संक्रमणका कारण वरिष्ठ कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन भएको छ। करुणा अस्पतालमा आइसियूमा उपचाररत रहेका सिंको सोमबार साँझ ४ बजे निधन भएको उनको परिवारिक स्रोतले जनायो। ५३ वर्षीय सिंह वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए। २०२५ सालमा जन्मिएका सिं काठमाडौंको अनामनगरमा बस्दै आएका थिए। बाल…

कोरोना संक्रमणबाट नर्सिङ शिक्षक शाक्यको निधन

कोरोना भाइरसको संक्रमणका कारण नर्स नेसुम शाक्यको निधन भएको छ। नर्सिङ शिक्षक शाक्यको उपचारका क्रममा निधन भएको हो।

साहित्यकार डिल्लीराम नेपालको कोरोना संक्रमणका कारण निधन

काठमाडौँ । कोरोना संक्रमणबाट साहित्यकार तथा योगसाधक डिल्लीराम नेपालको निधन भएको छ । संक्रमणका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा नेपालको आइतबार राति निधन भएको हो । उनलाई दुई साताअघि कोरोना पुष्टि भइ आईसीयूमा राखेर उपचार गरिएको थियो । पाल्पा रिब्दीकोट निवासी नेपालका कविता कृति ‘युवालाई आह्वान’, लोकलयमा आधारित […]

हाडजोर्नी रोग विशेषज्ञ डा मुराद हुसेनका कोरोना संक्रमणका कारण निधन

हाडजोर्नी रोग विशेषज्ञ डा मुराद हुसेनका कोरोना संक्रमणका कारण निधन भएको छ। नेपाल मेडिसिटि अस्पतालमा उपचाररत डा हुसेनको आइतबार निधन भएको हो।

कोरोना सङ्क्रमणका कारण पूर्वराज्यमन्त्री घिमिरेको निधन

विराटनगर / कोरोना भाइरस सङ्क्रमणका कारण विराटनगर घर भएका पूर्वराज्यमन्त्री ९१ वर्षीय राधाप्रसाद घिमिरेको निधन भएको छ । कोरोना पुष्टि भएको केही बेरमै विराटनगर महानगरपालिका–२ घर भएका घिमिरेको शनिबार राति ९ बजेतिर निधन भएको हो । उनलाई केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएको थियो । थप अस्वस्थ्य बनेपछि पीसीआर परीक्षण गराउँदा शनिबारसाँझ घिमिरेलाई कोरोनाको सङ्क्रमण रहेको... The post कोरोना सङ्क्रमणका कारण पूर्वराज्यमन्त्री घिमिरेको निधन appeared first on Purbeli News.

आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको कोरोनाका कारण निधन

आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ। उनको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।

कोरोना संक्रमणका कारण वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन

वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना  संक्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ।

कोरोना संक्रमणका कारण न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन

कोरोना भाइरस संक्रमणका कारण काठमाडौँ जिल्ला अदालतमा कार्यरत  न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ ।  न्यायाधीश श्रेष्ठको टेकु अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।