लुम्बिनी अस्पतालमा मृत्यु दर घट्दै

काठमाडौं। लुम्बिनी अञ्चल अस्पतालमा कोरोना संक्रमित र संक्रमणबाट हुने मृत्यु दर पनि कम भएको छ। अस्पतालका प्रवक्ता डा. विष्णु गौतमकाअनुसार केहीदिन यता अस्पतालमा विरामी चाप घटेको र मृत्युदर पनि घटेको छ। हरेकदिन विरामीको मृत्यु भइरहेको थियो तर पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएको उनले बताए। अस्पतालमा अहिले ८० जना संक्रमितको उपचार भइरहेको छ।

सम्बन्धित सामग्री

पाल्पा र दाङमा थपियो निषेधाज्ञा

जेठ १४, पाल्पा । पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो ।  कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै निषेधाज्ञा थप गरिएको जानकारी दिए ।  जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न अर्थ मन्त्रालयबाट रू. १ करोड ५० लाख निकासा भएकाले लुम्बिनी प्रदेश सरकारबाट आइसियू र भेन्टिलेटर खरीद गर्न रू. ३ करोड प्राप्त भएको जिल्ला समन्वय समितिका कार्यवहाक संयोजक मिरा मरासिनीले जानकारी दिए । हालसम्म जिल्लामा ११ हजार ७७ जनाको कोरोना परीक्षण गरिएकोमा तीन हजार ४३५ जना सक्रिय संक्रमित छन् । दुई हजार २९ जना निको भएका छन् । अहिलेसम्म जिल्लामा ४५ जनाको कोरोना संक्रमणकाबाट ज्यान गएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  दाङमा निषेधाज्ञा दश दिन थपियो कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि दाङमा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले निषेधाज्ञा थप दश दिन लम्ब्याउने निर्णय गरेको हो । संक्रमण र मृत्यु दर घट्दै गएको र जनस्वास्थ्य सुरक्षा अझै पूर्णरुपले गर्नुपर्ने  पलना गराउने बैठकले निष्कर्ष निकालेको छ । बैठकले हप्तामा दुई दिन बिहान एक घण्टा खुल्दै आएको खाद्यान्नका पसल अब दैनिक बिहान ६ देखि ८ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । यसका लागि भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाउन पसलधनी र उपभोक्ताले बिषेश ध्यान दिन भनिएको छ । रासस

लुम्बिनी अस्पतालमा मृत्यु दर घट्दै

काठमाडौं। लुम्बिनी अञ्चल अस्पतालमा कोरोना संक्रमित र संक्रमणबाट हुने मृत्यु दर पनि कम भएको छ। अस्पतालका प्रवक्ता डा. विष्णु गौतमकाअनुसार केहीदिन यता अस्पतालमा विरामी चाप घटेको र मृत्युदर पनि घटेको छ। हरेकदिन विरामीको मृत्यु भइरहेको थियो तर पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएको उनले बताए। अस्पतालमा अहिले ८० जना संक्रमितको उपचार भइरहेको छ।