मङ्कीपक्स देखिएका देशबाट नेपाल प्रवेश गर्नेले दुई हप्ता घरमै बस्नुपर्ने

सरकारले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेलाई कम्तीमा दुई हप्ता घरमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मङ्कीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई हप्ता घरमै बस्न आग्रह गरेका हुन् ।कोभिड–१९ महामारी पछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । डा। अधिकारीले विगतदेखि नै मङ्कीपक्स भाइरस पुष्टि भएकाले  यो  नौलो भाइरस नभएको भन्दै सचेत रहने आग्रह गरेका छन् । मङ्कीपक्स अन्य सं