गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका–२ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । सो समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृहमन्त्रीको […]