उपराष्ट्रपति पुनले गरे ‘बाबरी’ फिल्मको प्रशंसा

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नेपाली फिल्म ‘बाबरी’ हेरेका छन् । शनिबार उनले श्रीमतीसहित काठमाडौंको बिग मुभिज् कमलपोखरीमा फिल्म हेरेका हुन् । फिल्म हेरेपछि उनले कथावस्तु, गीतसंगीत, छायांकन र कलाकारको अभिनयको समेत प्रशंसा गरे ।सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ हेर्न उपराष्ट्रपतिसँगै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि पुगेकी थिइन् । निरौलाले फिल्ममा रहेको कलाकारको अभिनय आफुलाई मन परेको बताइन् ।दसैँको अवसर पारेर शुक्रवारबाट देशभर प्रदर्शनमा