अक्सिजनको हाहाकार हुने चिकित्सकको चेतावनी

अस्पतालहरुमा गम्भीर खालका कोरोना भाइरस (कोभिड—१९) का बिरामी बढ्न थालेपछि भयावह अवस्था उत्पन्न हुन सक्ने संकेतहरु देखिन थालेका छन् । नेपालमा कोरोना संक्रमणको दर तीव्रगतिमा बढिरहँदा काठमाडौं उपत्यकामा अक्सिजनको अभाव हुने चिकित्सकहरुले चेतावनी दिएका छन् । यही गतिमा कोरोना संक्रमण दर बढ्दै गए छिट्टै अक्सिजनको हाहाकार उनीहरुको भनाइ छ ।कोभिड—१९ संक्रमित भएर अस्पताल भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीलाई अक्सिजनको आवश्यकता पर्छ । उपत्यकाका अस्पतालमा कोभिडका बिरामीलाई छुट्याइएका जनरल बेड,