भारत सरकारद्वारा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण

बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट नेपाल सरकारमार्फत् वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन्।