निजी सवारीसाधन आयातको प्रतिबन्ध खुलाउन नाडाको माग

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले निजी सवारीसाधनमा लगाइएको प्रतिबन्ध खुलाउन माग गरेको छ । अध्यक्ष ध्रुब थापा नेतृत्वकाे एक प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी सरकारले कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लगाएको प्रतिबन्ध खुला गर्न माग गरेको हो ।