रोचक बन्दै हेटौंडा उपमहानगरको मतगणना, फेरि एकीकृत समाजवादीकी लामा अगाडि

काठमाडौं– बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाको मतगणना रोचक बन्दै गएको छ । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीचको त्रिपक्षीय भिडन्तमा एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ ।  त्रिपक्षीय भिडन्तमा पनि एकीकृत समाजवादी र राप्रपाबीच कडा टक्कर परिरहेको छ । ...

सम्बन्धित सामग्री

शुरू भयो निर्वाचन: एमालेबाट पौडेल र काफ्ले, गठबन्धनबाट लामा र बानियाँ

हेटौंडा सत्ता गठबन्धनका तर्फबाट हेटौंडा उपमहानगर मेयरमा मीनाकुमारी लामा र उपमेयरमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ । सोमबार दिउँसो करिब ३ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँहरूले उम्मेदवारी दर्ता गराउनुभएको हो । सत्तारूढ दलबीचको सहमतिमा नेकपा (एकीकृत समाजवादी) बाट लामा मेयर उम्मेदवार बन्नुभएको हो भने नेपाली कांग्रेसबाट बानियाँ उपमेयर उम्मेदवार बन्नुभएको हो । सत्ता […]

हेटौंडा उपमहानगर : गठबन्धनबाट मेयरमा लामा र  उपमेयरमा बानियाँको उम्मेदवारी

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट मीनाकुमारी लामा र उपमेयरमा राजेश बानियाँले उम्मेदवारी दिएका छन्।हेटौंडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन्। पाँच दलीय सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी) र उपमेयर नेपाली कांग्रेसले पाएको थियो। सोहिअनुसार समाजवादीकी उपाध्यक्ष लामाले मेयर र बानियाँले उपमेयरमा उम्मेदवारी दिएका हुन्।लामा २०७४ सालको निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयर निर्वाचित भएक

कांग्रेसको असन्तुष्टिबीच मेयरको टिकट समाजवादीलाई

हेटौंडा ।  सत्ता गठबन्धनबाट हेटौंडा उपमहानगर मेयरको टिकट नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामाले पाउने हुनुभएको छ । शनिबार महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउन बसेको नेकपा (एकीकृत समाजवादी) को बैठकले उक्त निर्णय गरेको हो । लामा हेटौंडा उपमहानगरकी बहालवाला उपमेयर हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उपमेयर उम्मेदवार लामाले तत्कालीन नेपाली कांग्रेस र […]

हेटौंडा उपमहानगर प्रमुखमा एकीकृत समाजवादीकी मीना लामा उम्मेदवार

हेटौंडा : हेटौंडा उपमहानगरपालिका प्रमुख पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीले मीना कुमारी लामालाई टिकट दिएको छ। शनिबार महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले उक्त निर्णय गरेको हो। लामाले शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख पदबाट राजीनामा दिएकी थिइन्। उनले उपमहानगर प्रमुख हरिबहादुर महतसमक्ष राजीनामा दिएकी थिइन्।…

२५ जनप्रतिनिधि एकीकृत समाजवादीमा

हेटौंडा, (नेस) । नेकपा एमालेका २५ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । मकवानपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको पार्टी रोजेका हुन् । चुनाव जितेका हेटौंडा उपमहानगर उपमेयर मीना लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टसहित २५ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । हेटौंडा–१३ […]