निषेधाज्ञाबीच भर्चुअल रुपमा मनाइयो चलचित्र पत्रकारिता दिवस

काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले आज ‘२२ औँ वार्षिक उत्सव तथा १९ औँ चलचित्र पत्रकारिता दिवस’ भर्चुअल माध्यमबाट मनाएको छ। संघले फिल्म क्षेत्रसँग सम्बन्धित संघसंस्थाका पदाधिकारीको भर्चुअल उपस्थितिमा वार्षिक उत्सव मनाएको हो। चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष…

सम्बन्धित सामग्री

धर्मादित्यको जन्मजयन्ती मनाइयो

पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको १२२ औं जन्मजयन्ती ९ औं मातृभाषा पत्रकारिता दिवस मनाइएको छ ।

मनाइयो आठौँ राष्ट्रिय पत्रकारिता दिवस, पत्रकारलाई सम्मान र पुरस्कार

काठमाडौं– आठौँ राष्ट्रिय पत्रकारिता दिवस, ‘पत्रकारितामा खोज र नवीनता : लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने नाराका साथ मनाइएको छ ।  सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले प्रधा...

यसरी मनाइयो ९५औं फोटो पत्रकारिता दिवस (फोटो फिचर)

वैशाख १३, काठमाडौं । नेपालमा ९५औं फोटो पत्रकारिता दिवस मंगलवार देशभर मनाइँदैछ ।  देशैभरका फोटो पत्रकारहरूले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइरहेका छन् । विसं १९८४ वैशाख १३ मा पहिलोपटक समाचारको रूपमा गोरखापत्रमा फोटो प्रकाशन भएको थियो ।  आजभन्दा ९५ वर्षपहिले वीरगञ्जकी एक महिला चारुपमती श्रेष्ठले चर्खामा धागो काट्दै गरेको फोटो गोरखापत्रमा प्रकाशित भएको थियो । समाचारको रूपमा पहिलो फोटो प्रकाशन भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरूले राष्ट्रिय फोटो पत्रकारिता दिवसको रूपमा आजको दिनलाई मनाउँदै आएका छन् ।  यसै क्रममा राष्ट्रिय फोटो पत्रकार समूहले भृकुटीमण्डपदेखि बसन्तपुर दरबार क्षेत्रसम्म प्रभातफेरी गरेको थियो । यस्तै सोही समूहले वसन्तपुर दरबार क्षेत्रमा कोभिड–१९ का बेला खिचिएका तस्वीरहरूलाई  ‘नेपाल इन लकडाउन’ नामकरण गरी फोटो प्रदर्शनी पनि आयोजना गरिएको छ साथै फोटो पत्रकार क्लब (पीजे) ले फोटोपत्रकारहरुको लेन्समा फोटो पत्रकारिता नामक फोटो प्रदर्शनीको आयोजना गरेको छ ।  समूहको प्रदर्शनी कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्ष विकास रौनियार, मीन रत्न बज्राचार्य, राजभाइ सुवाल, कविन्द्रमान शाक्य, र राजेन्द्र चित्रकार तथा वर्तमान अध्यक्ष प्रदीपराज वन्तको उपस्थिति रहेको थियो ।  सम्बोधनका क्रममा उनीहरुले फोटो पत्रकारले भोग्दै आएका चुनौती र समस्याका तथा अहिलेको बदलिदो परिवेशमा फोटो पत्रकारको भुमिका बारे बताएका थिए । सोही फोटो प्रदर्शनीमा नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएकी सिर्जना सिंहले आफू विजयी भए फोटो पत्रकारहरुको सम्बर्द्धन र विकासका लागि आफूले सक्ने सहयोग गर्ने तथा हक हितका लागि आवश्यक सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाएकी छिन् ।                                                                       तस्वीरहरु : सुनिल शर्मा/ आर्थिक अभियान

भर्चुअल बहस गरेर मनाइयो चलचित्र पत्रकारिता दिवस

चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापनाको दिन पारेर मनाउँदै आएको चलचित्र पत्रकारिता दिवसका अवसरमा भर्चूअल बहस आयोजना गरेको छ। संघको २२औं वार्षिकोत्सव तथा १९औं चलचित्र पत्रकारिता दिवस गत शूक्रबार भर्चूअल माध्यमबाट सम्पन्न गरिएको हो। संघले फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्था तथा संघका विभिन्न शाखाका अध्यक्ष एवं संघका पदाधिकारी र सदस्यहरुको सहभागितामा भर्चूअल बहसको आयोजना गरेको […]