विघटित संसदका प्रधानमन्त्री इमरान खानले आफ्ना कर्तव्य जारी राख्ने पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले बताएका छन् । कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल खानले पाकिस्तानको संविधानको धारा २२४ ए बमोजिम आफ्ना कर्तव्य जारी राख्ने राष्ट्रपति अल्भीले बताएका हुन् । प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपति अल्भीले आइतबार संसद विघटन गरेका थिए । यसअघि प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ ।तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले खानविरुद्धको प