कोपा अमेरिकाको क्वार्टरफाइनलमा अर्जेन्टिना र चिली

अर्जेन्टिना र चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार बिहान ब्राजिलियामा भएको खेलमा पाराग्वेलाई १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले समूह एबाट नकआउट चरणको यात्रा निश्चित गरेको...

सम्बन्धित सामग्री

कोपा अमेरिका फुटवलको समूह विभाजन , अर्जेन्टिना र ब्राजिल फरक समूहमा

कोपा अमेरिकाको समूह विभाजन गरिएको छ । यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन् । दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । त्यस्तै उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट […]

समूह उपविजेता बन्दै उरुग्वे कोपा अमेरिका कपको नकआउट चरणमा

एजेन्सी।कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै उरुग्वे समूह 'ए'को उपविजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा पुगेको छ।ओलम्पिक रंगशालामा सम्पन्न खेलमा उरुग्वेका लागि एडिन्सन काभानीले २१ औ मिनेटमा पेनाल्टीमार्फत निर्णाएक गोल गरे।उरुग्वेसँग पराजित भएको पाराग्वे समूहको तेस्रो स्थानमा रहदै नकआउटमा प्रवेश गरेको छ।समूह 'ए' बाट उरूग्वे र पाराग्वेसँगै अर्जेन्टिना र चिली नकआउट चरणमा पुगेका छन्।

कोपा अमेरिकाः समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो

काठमाडौँ – कोपा अमेरिका फुटबल अन्तगर्त समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको छ। अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वे अर्को चरणमा पुग्ने निश्चित भएको हो। तर, कुन स्थानमा रहेर अर्को चरणमा कोसँग खेल्छन् भन्ने तय हुन बाँकी छ। शुक्रबार बिहान भएको खेलमा उरुग्वेसँग पराजित भएसँगै बोलिभिया समूह चरणबाटै बाहिरिएको छ। उरुग्वेले बोलिभियालाई २–० गोल […]

कोपा अमेरिका : आत्मघाती गोलपछि चिली उरुग्वेसँग बराबरीमा रोकियो

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले १–१  गोलको बराबरी खेलेका छन् । बिहान सकिएको खेलको २६ औं मिनेटमा चिलीका एदुआर्दो भर्गासले  गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ६६ औं मिनेटमा चिलीकै भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकियो । चिली पाँच अङ्कसहित शीर्ष स्थानमा छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र पाराग्वे खेलिरहेका छन् । आज विजयी भएमा दुवै टोली शीर्ष स्थानमा पुग्नेछन् ।

कोपा अमेरिकामा आज राति चिली र उरुग्वे भिड्दै

एजेन्सी।कोपा अमेरिका फुटबल प्रतियोगितामा आजराति चिली र उरुग्वे भिड्दै छन्।ब्राजिलको एरिना पन्तानलमा हुने खेल नेपाली समयअनुसार राति २ः४५ बजेदेखि सुरु हुनेछ।त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोलि बिहान अर्जेन्टिना र पराग्वेबीच प्रतिस्पर्धा हुँदैछ। स्टाडियो नासिओनल रंगशालामा हुने खेल बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।प्रतियोगिताको समूह ‘बी’मा रहेको अर्जेन्टिना अंकतालिकाको शीर्ष स्थानमा छ भने चिली दोस्रो, पराग्वे तेस्रो र उरुग्वे चौथो स्थानमा छ।

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र उरुग्वे खेल्दै

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा समूह 'ए' का अर्जेन्टिना र उरुग्वे खेल्दै छन् । खेल बिहान पौने ६ बजे हुनेछ । पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना उरुग्वेलाई हराउँदै समूहमा पहिलो जितको खोजीमा हुनेछ । यस्तै, उरुग्वे पनि आज विजयी सुरुवात गर्न चाहन्छ । समूह 'ए' मा चिली चार अङ्कका साथ शीर्ष स्थानमा छ भने पाराग्वे तीन अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै, एक अङ्क जोडेको अर्जेन्टिना तेस्रो स्थानमा छ । एक खेल पनि नखेलेको उरुग्वे पुछारभन्दा माथि र बोलिभिया अङ्कविहीन हुँदै पुछ...

कोपा अमेरिकामा आज राती चिली र बोलिभिया भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती चिलीले बोलीभियाको सामना गर्दैछ। एरिना पान्तनलमा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान अर्जेन्टिना र उरुग्वे भिड्दैछन्। स्टाडियो नेशिओनल रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ। यसअघिको पहिलो खेलमा चिली र अर्जेन्टिना बराबरीमा रोकिएदा बोलिभिया पराग्वेसँग ३–१ ले पराजित भएको थियो।

कोपा अमेरिका: बराबरीमा रोकियो अर्जेन्टिना

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन्। ओलम्पिक स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा यी दुई टोली बराबरीमा रोकिएका हुन्। खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा अघि रहेको अर्जेन्टिनासँग चिल्लीले दोस्रो हाफमा बराबरी गर्‍यो। खेलको…

कोपा अमेरिकाः आज राति अर्जेन्टिना र चिली भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत आजराति अर्जेन्टिनाले चिलीको सामना गर्दैछ। ओलम्पिक रंगशाला ब्राजिलमा हुने खेल नेपाली समयअनुसार राति २ः४५ बजेबाट सुरु हुनेछ। हालैमात्र भएको विश्वकप छनोटअन्र्तगतको खेलमा यी दुई टोलीले एक÷एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। त्यस्तै दोस्रो खेलमा भोलि बिहान ५ः४५ बजे पराग्वे र बोलिभिया भिड्दै छन्।

कोपा अमेरिका: अर्जेन्टिनालाई चिलीको चुनौती

कोपा अमेरिका अन्तर्गत भोलि बिहान हुने खेलमा अर्जेन्टिना र चिली प्रतिस्पर्धामा उत्रँदै छन्। ब्राजिलको रियो डी जेनेरियो स्थित ओलम्पिक स्टेडियममा खेल भोलि बिहान २: ४५ मा सुरु हुनेछ। समूह 'बी' का यी दुई टोली शुक्रवारमात्र विश्वकप छनोट अन्तर्गतको दक्षिण अमेरिकी छनोटमा आमनेसामने भएका थिए। उक्त खेल १-१ को बराबरीमा रोकिएको…