रुकुम पूर्वकाे सिस्ने गाउँपालिकामा नेपाल टेलिकमकाे टावर सञ्चालन

रुकुम पूर्व - रुकुम पूर्वको सिस्ने गाउँपालिका-१ ठूलासिस्ने गाउँमा बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । टावर सञ्चालनमा आएपछि सिस्ने टेलिफोनको सम्पर्कमा जोडिएको छ । ठूलासिस्ने लेकमा बनाइएको टावर सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । साविकको सिस्ने गाविस रहेको यो वडामा यसअघिसम्म फोन सम्पर्क हुँदैन्थ्यो । गएकाे शनिवारदेखि टावर सञ्चालनमा आएपछि सहज भएको पाखापानीका तेजेन्द्र बीसीले जानकारी दिनुभयो । टावर सञ्चालनमा आएपछि सबैतिर फोन लागिरहेको उहाँले बताउनुभयो ।  फोनको टावर बनेर पनि सञ्चालन...