श्रमजीवी पत्रकार ऐनलाई समयानुकूल परिमार्जन गर्नुपर्ने अध्यक्ष खड्काकाे भनाइ

जनकपुरधाम : न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले श्रमजीवी पत्रकार ऐनलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताएकी छन्।बिहीबार जनकपुरधाममा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौति र भावी रणनीति विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले यस्ताे बताएकी हुन्।ऐनमा भएका कतिपय अव्यवहारिक व्यवस्थाका कारण ऐन कार्यान्वयनमा चुनौति देखिएको भन्दै अध्यक्ष खड्काले यस बिषयमा समितिले विज्ञहरुसँग सल्लाह गरी सरकारलाई सुझाव दिने बताइन्