काठमाडौं– नेतृत्व परिवर्तन गरेर आएको कांग्रेस नै नयाँ पार्टी भएको जनतालाई बुझाउन कार्यकर्तालाई कांग्रेसका सभापति गगनकुमार थापाले आग्रह गरेका छन् । काठमाडौं–४ मा शनिबार आयोजित चुनाव लक्षित कार्यक्रममा उनले सुधारिएको कांग्रेसले जनता र राज्य दुवैलाई न्याय गर्ने हुटहुटी लिएर आएको बताउन जरुरी रहेकोमा उनले जोड दिए । ‘भाद्र २३ र २४ को घटनाले चाहेजस्तै यो कांग्रेस […]
काँग्रेस काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौँ क्षेत्र नं ४ को विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले जेन जेड आन्दोलनपछि बदलिएको काँग्रेसले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताउँदै जितको लागि आम क्षेत्र नं ४ वासीको साथ र सहयोगको अपेक्षा गरे।
काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएको छ। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल परित्याग गर्दै केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्त्वसहितको एकता पक्षधर समूह आज नेपाली कम्युनिष्ट पार्टीमा औपचारिक रूपमा समाहित हुन लागेको हो। आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने कार्यक्रममा उनीहरू समाहित हुने जनाइएको छ। समाहित […]