चार दिन हिँडेर छाङरु र टिंकरमा जनगणना, गुन्जी गाउँ जान डराए गणक

भारतीय प्रशासनकाे अवराेधका बीच दार्चुलाका सिमावर्ती गाउँ छाङरु र टिंकरमा जनगणना गरिएकाे छ

सम्बन्धित सामग्री

हुम्लाको लिमीमा किन घट्यो घरधुरी?

सिमकोट – हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने लिमीमा सर्वसाधारणको घरधुरी संख्या घटेको छ। जनगणना २०७८ को विवरण लिने क्रममा लिमीका तीन गाउँमा घरधुरी संख्या घटेको हो। जिल्ला जनगणना अधिकारी विनोद भट्टले यसपटकको जनगणना कार्यबाट नाम्खा गाउँपालिका–६ को लिमीमा १४७ घरधुरीको मात्रै विवरण आएको बताए। लिमीका दुईजना स्थानीयलाई पहिलो पटक गणक बनाएर विवरण संकलन गरिएको थियो। […]

जनगणनामा जनताको प्रश्न : वास्तै नगर्ने सरकारलाई किन दिने विवरण?

फूलमान तामाङ- यसपटक म पनि राष्ट्रिय जनगणना कार्यक्रम २०७८ को गणक बन्ने अवसर पाएँ। खुसीको कुरा आफ्नै गाउँ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ४ मा गणक बनें। वडा ४ पहिले नवलपुर गाउँ विकास समिति हो। यही गाविसको साबिक ६ र ७ वडाका १३५ घरको तथ्यांक संकलन गर्नु मेरो जिम्मेवारी। मंसिर २५…

हुम्लाको लिमीमा सकियो जनगणना

सिमकोट – हुम्लास्थित हिमालपारिको गाउँ लिमीमा जनगणना कार्य सम्पन्न गरिएको छ। स्थानीय गणकले विवरण संकलन गरेकाले निर्धारित समयअगावै जनगणना कार्य सकिएको हो। नाम्खा गाउँपालिका–६ लिमीको हल्जी गाउँका गणक तन्जिन फुर्बु तामाङले तीनवटै गाउँमा विवरण लिने कार्य पूरा भएको जानकारी दिए। जिल्लाका ४४ वटा वडामध्ये लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ। गणकहरु सदरमुकाम सिमकोटबाट […]

भीर पहरामा झुण्डदै भोलि गणक छाङरु पुग्ने, फर्किन हेलिकोप्टरको आश

कालापानी, नाभी, कुटी लगायतका क्षेत्रको समेत जनगणना गर्ने गरी खटाइएका गणक टोलीका सदस्यहरु भोलि छाङरु पुग्ने भएका छन् । दार्चुलाको व्यास गाउँपालिका– १ स्थित छाङरु लगायतका गाउँ जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाका प्रतिनिधिसहित दुईजना गणकलाई शुक्रबार दार्चुला जिल्ला सदरमुकामबाट त्यसतर्फ पठाएको थियो ।

गणक घरदैलो पुग्दा गाउँ रित्तै

चिसो बढेपछि उपल्लो मुस्ताङका स्थानीय बेंसी झरिसकेका छन् । गाउँमा कुरुवा, असक्त र वृद्धवृद्धा मात्रै छन् । स्थानीय चिसो छल्न बेंसी झरेपछि राष्ट्रिय जनगणनाका लागि गाउँ पुगेका गणकहरूलाई घरपरिवारको संख्याबाहेक अन्य विवरण लिन समस्या भएको छ । जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म चल्नेछ ।

जनगणनाका लागि गणकहरु बैतडीका गाउँ-गाउँ पुगे

बैतडी, कात्तिक २५ । राष्ट्रिय जनगणना २०७८ अन्र्तगत बैतडीमा पनि बिहीबारदेखि मूल गणना सुरु भएको छ । अगामी मंसिर ९ गतेसम्म सञ्चालन हुने मूल गणनाको लागि ३१५ जना गणक र ८० जना सुपरीपेक्षक गाउँगाउँमा परिचालन भएका छन् । परिचालन गरिएका गणकहरु जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा पुगेर जनगणनाको काम थालेका जिल्ला जनगणना अधिकारी […]

सङ्घीयतापछि पहिलो जनगणना (सम्पादकीय)

राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदैछ । सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गर्ने कार्यक्रम छ । आजदेखि गणक घरघरमा पुगेर विवरण सङ्कलन प्रारम्भ गर्ने छन् । वि.सं. १९६८ देखि सुरु भएको जनगणना हरेक १०/१० वर्षमा गरिँदै आएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ सुरु भएको यस पटकको जनगणनाका लागि आठ हजार पाँच सय सुपरीवेक्षक र ३९ हजार गणक खटिएका छन् । भदौ ३० देखि कात्तिक १