अर्थमन्त्री र प्रधानमन्त्रीलाई नै पत्याउन गाह्रो पर्‍याे : खिमलाल भट्टराई

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले देशमा अर्थमन्त्री र प्रधानमन्त्रीलाई नै पत्याउन गाह्रो परेको बताउनुभएकाे छ । आज बुधवार राष्ट्रिय सभामा बोल्दै उहाँले सदनमा उभिएर गरेका वाचा हप्ता दिनभित्रै बिर्सिन थालेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराउनुभयो ।  उहाँले देशमा उत्पादन घट्ने अनुमान गरिरहेका बेला सरकारले झनै मलखाद र बिउको पूर्ति गर्न नसकेर किसानलाई चिन्तित तुल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्ति भर्खर यही टेबुलमा उभिएर अर्थमन्त्रीज्यूले भन्नुभयो– यो पटक मलका लागि पैस...