डिजिटल रुपान्तरणमार्फत नागरिकलाई सशक्तिकरण गर्ने मन्त्री कार्कीको प्रतिबद्धता

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल रूपान्तरणमार्फत नेपाली नागरिकलाई सशक्तिकरण गर्ने प्रतिबद्धता गरेका छन् ।  अन्तर्राष्ट्रिय दूरसञ्चार संघको आयोजनामा रुवाण्डाको राजधानी किगालीमा जारी विश्व दूरसञ्चार विकास सम्मेलनलाई आज उनले सम्बोधन गर्दै सो प्रतिबद्धता गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।उनले विश्वव्यापी सेवा दायित्व कोष प्रयोग गरेर सम्पर्क सञ्जालमा नजोडिएकाहरूलाई जोड्न, डिजिटल अर्थतन्त्रमा संलग्न व्यक्तिहरूको क्षमता सुधार गर्न तथा ड