सीमा रक्षक कुतियाकवरवासी, राज्यको सुविधाबाट सधैँ वञ्चित

महेन्द्रनगर । कुनै बेला भौगोलिकरुपले अत्यधिक विकट थियो महाकाली पारीको दोधारा चाँदनी । महाकाली नदीमा झोलुङ्गे पुल नहुँदा आफ्नै देशका विभिन्न ठाउँ जान भारतको बनबासा भएर आवतजावत गर्नुपर्थ्यो । भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले बेलाबखतमा दुःख पनि दिने गरेका थिए । तर महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनीका बासिन्दालाई धेरै राहत मिलेको छ । अहिले महाकालीमा झोलुङ्गेसँगै चार लेनको पक्की पुल समेत बनेपछि चहलपहल ह्वात्तै बढेको छ । अझ प्रस्तावित सुक्खा बन्दरगाह बन्ने प्रक्रियाको अघि बढ्दा दोधारा चाँदनीवासीलाई थप राहत मिल्ने छ । महाकाली नदीमा पुल नहुँदा भारतीय बाटो प्रयोग गरेर गड्डाचौकी हुँदै महेन्द्रनगर आउनुपर्ने विगतको बाध्यता अब इतिहासमा सीमित भइसक्यो । तर अहिले पनि दोधारा चाँदनीको सीमा बस्तीका बासिन्दा भने विभिन्न दुखः कष्ट सहेर जीवनयापन गरिरहेका छन् । दोधारा चाँदनी–१० कुतियाकवरका बासिन्दालाई विभिन्न समस्याबाट पीडित छन् । दोधारा चाँदनीको दक्षिण सीमामा पर्ने भारतसित जोडिएको उक्त गाउँमा २०२२ सालको सेरोफेरोमा बस्ती बसेको हो । कुतियाकवरमा कुनै बेला एक सय ४५ परिवारको बसोबास रहे पनि हाल ४२ परिवार मात्रै बस्दै आएका छन् । उक्त गाउँ महाकाली नदी र जोगबुढा नदीको दोसाँधमा पर्छ । दुवै नदीका कारण बर्सेनि यहाँ बाढीको खतरा रहन्छ । हरेक बर्सातमा गर्ने नदी कटानका कारण बस्ती साँघुरिन पुगेको छ । तटबन्ध निर्माणका लागि ठोस पहल अझै नभएको स्थानीय टेकबहादुर सुनारले बताए । “अहिले पनि जोगबुढा र महाकालीको मिलन बिन्दु छेउछाउमा बाढीले कटान गरेर धान खेती बगाइरहेको छ”, उनले भने, “सीमाको पहरेदारका रुपमा अभाव सहेर बस्यौँ । बाढीले कटान गर्दा बस्ती नै जोखिममा छ ।”  दलित र विपन्न समुदायका नागरिकको बसोबास रहेको कुतियाकवरमा पक्की संरचनामा नाममा अहिले दातृ निकाय र नगरपालिकाको सहयोगमा बाढीबाट बच्न ‘सेफ हाउस’ बन्दै छ । यहाँ प्रायः घर कच्ची छन् । “हामीलाई बस्तीमा बालबालिका पढाउन प्राविसम्मको स्कुल भइदिए पनि सहयोग पुग्थ्यो”, स्थानीय भीमसिंह सुनारले भने, “अहिले पनि झोलुङ्गे पुल तरेर जाँदा बाटो छेउको उखुबारीमा बाघ र स्यालको त्रास बालबालिकालाई जहिल्यै रहन्छ ।” विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेको हो । त्यसपछि बस्तीमा बिजुलीको प्रबन्ध गरिएको थियो । यि दुई बाहेक अन्य विकास निर्माणका काम यहाँ हुन नसकेको सुनारको भनाइ छ । “यहाँको प्रमुख समस्या नै नदी कटान हो”, उनले भने, “नेताहरुको आश्वासनले मात्रै तटबन्ध बन्दैन् ।” शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारबाट पछि परेको कुतियाकवरका नागरिक मजदुरीका लागि भारतीय बजारमाथि निर्भर छन् । “सीमामा थिचोमिचो सहेर पनि दशकौँदेखि रक्षक भएरै बस्दै आयौँ”, सुनारले भने, “झोलुङ्गे पुल बनेपछि आवागमनमा सहज भएको छ ।” स्थानीयले भनेअनुसार नदी कटानको समस्या विगत पाँच दशकदेखिको हो । महाकाली नदीको दुवैतर्फ तटबन्ध निर्माण बेला बखतमा भए पनि कुतियाकवर क्षेत्रमा बाँकी नै छ । दोधारा चाँदनी–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले कुतियाकवरवासी लामो समयदेखि राष्ट्रको सेवक भएर सीमा सुरक्षामा तैनाथ रहेको बताए । “त्यो बस्ती सीमा संरक्षणका लागि पनि महत्वपूर्ण छ, त्यहाँको विकास निर्माणमा ध्यान दिन जरुरी छ, सुविधा पाए पो सीमाका रुक्षकका रुपमा बस्लान, त्यसैले राज्यले यसमा ध्यान दिन जरुरी छ”, उनले भने, “तटबन्ध निर्माणका लागि बहुउद्देश्यीय ठेक्का गरिए पनि नदीमा पानीको सतह नघट्दा निर्माणमा समस्या छ ।” कुतियाकवरतर्फ एक हजार सात सय घनमिटर तटबन्ध निर्माणको ठेक्का गरिए पनि निर्माण कम्पनीको ढुलासुस्तीले काम रोकिएको उहाँले बताए । “त्यहाँ निर्माण सामग्री ढुवानी गर्न समस्या छ”, वडाध्यक्ष सिंहले भने, “यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रमेश लेखकले कुतियाकवर जान पक्की पुल नै बनाउने बाचा गर्नुभएको छ ।” अझै पनि बस्तीमा अभावका बिच स्थानीयवासी आफ्नो दैनिकी चलाइरहेको वडाध्यक्ष सिंहले बताए । “बस्ती मात्रै नभएको भए त्यो भूमि संरक्षण हुनेमा आशङ्का नै थियो”, उनले भने, “धेरै कष्ट झेलेर पनि कुतियाकवरवासीले बस्ती कुरिरहेकै छन् । उनीहरु सीमा स्तम्भ बनेर बसेका छन् ।” बस्ती कटान र बर्सातका बेला डुबानमा पर्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष सिंहले कतिपय बेला बाढीबाट जोगिन आम्भोजतर्फ बसाइँ सर्ने गरेका छन् । कुतियाकवरका बालबालिकालाई अध्ययनका लागि धेरै समस्या छ । उनीहरु पढ्न जोगबुढा नदी पारीको ओमकार आधारभूत विद्यालय धाउँछन् । बालबालिका आधी घण्टा हिँडर आउजाउ गर्छन् । सोही विद्यालयमा कक्षा–७ मा अध्ययनरत मानव सुनारले घरबाट विद्यालय पुग्न निकै समस्या हुने गरेको बताए । “जोगबुढा नदी पारी वन्यजन्तुको डर त्रास रहन्छ, बाघ र स्यालको बढी डर हुन्छ”, उनले भने, “झोलुङ्गे पुल नहुँदा त झन ढुङ्गा चढेर स्कुल आवतजावत गर्नुपर्ने बाध्यता थियो ।” अभिभावकका भरमा विद्यालय जानुपर्ने बाध्यता रहेको सुनार बताउनुहुन्छ । रासस

सम्बन्धित सामग्री

‘हकदार नभएको अपुताली राज्यको’

सर्वोच्च अदालतले सन्तान वा अपुताली सम्पत्ति खाने व्यक्ति नभएमा त्यस्तो सम्पत्ति राज्यको हुने ठहर गरेको छ।...

वकिलले मागे राज्यको औपचारिक मर्यादा

काठमाडौं – नेपाल बार यसाेसिएसनले कानुन व्यवसायीलाई राज्यको औपचारिक मर्यादाक्रममा समेट्न माग गरेको छ। चितवनमा सम्पन्न नेपाल बारको केन्द्रीय कार्यकारिणी बैठकले वकिलहरूलाई पनि राज्यको औपचारिक मर्यादाक्रममा उचित स्थान दिन माग गरेको हो। राष्ट्रियसभामा गैरसरकारी विधेयकका रूपमा दर्ता भएको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ प्रतिनिधिसभामा विचाराधीन रहेको अवस्थामा बारले कानुन व्यवसायीलाई पनि मर्यादामा राख्न आग्रह गरेको […]

सेनाविहीन राज्यको परिकल्पना गर्नु दुर्भाग्य: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले सेनाविहीन राज्यको परिकल्पना गर्नु दुर्भाग्य भएको बताएको छ।...

केवलकार कम्पनीले लुकायो ऐतिहासिक धुलिकोट राज्यको महत्व

कैलालीको राजकाँडामा निर्माण हुने केवलकारको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा झण्डै पाँच सय वर्ष पुरानो ऐतिहासिक धुलिकोट राज्यको कुरा लुकाईएको छ। पुरातात्विक महत्व समेत बोकेको सो राज्यको कुरालाई लुकाउनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ।...

राज्यको संयन्त्रलाई चलाइएको छ : गृहमन्त्री लामिछाने

काठमाडौं, १० माघ । यसअघिका सरकारमा रहेका दलहरुले राज्यको संयन्त्रलाई चलाएको गृहमन्त्री रबि लामिछाने बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै यसअघिका सरकारमा रहेका दलहरुले राज्यको संयन्त्रलाई चलाइएको उनले बताए। उनले भने, ‘क्रसरका विषयमा होस् वा फरार सांसदका विषयमा होस् वा आन्दोलनरत अधिकारकर्मीका विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर […]

एमालेले 'जनताको स्वास्थ्य, राज्यको जिम्मेवारी' कार्यक्रम सुरु गर्ने

नेकपा एमालेले जनताको स्वास्थ्य, राज्यको जिम्मेवारी कार्यक्रम सुरु गर्ने बताएको छ।

‘शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ’

नेपाल प्राध्यापक संघले शिक्षा र स्वास्थ्यका सबै सेवा राज्यको दायित्वभित्र पार्नुपर्नेमा जोड दिएको छ । संघको हीरक महोत्सवका अवसरमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्राडा बुद्धबहादुर थापाले शिक्षा र स्वास्थ्यको सबै जिम्मेबारी राज्यले लिनुपर्ने बताए ।उनले शिक्षा र स्वास्थ्यलाई राज्यको पूर्ण जिम्मेवारीभित्र पारेर नि:शुल्क बनाउन संघले माग गर्दै आएको जानकारी दिए । उनले नेपालमा […]

ओलीको चुनौती : मैले जस्तो सबै सम्पत्ति राज्यको नाममा गर्न सक्नुहुन्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र नेताहरूलाई आफूले जस्तै सबै सम्पत्ति राज्यको नाममा गर्न चुनौती दिएका छन्। बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै आफूले जस्तो सबै सम्पत्ति राज्यको नाममा गर्न चुनौती दिएका हुन्। ओलीले संसद्‌मा चुनौती दिँदै भने, ‘मैले सबै चल अचल सम्पत्ति राज्यको नाम गरेको छु। मैले जसरी सबै सम्पत्ति राज्यमा हस्तान्तरण गर्ने कोही निस्किनुस् न।’आफ्नो सबै सम्पत्ति राज्यको नाममा गरेको भएकाले आफूलाई

‘गलैंचा उद्योगको विकासमा राज्यको चासो बढ्नुपर्छ’

१५ असोज, काठमाडौं । नेपालमा गलैंचा उद्योगको विकासका लागि राज्यको थप चासो बढ्नु पर्ने उद्योगीहरुले बताएका छन् । गलैंचा उद्योगको सम्वर्द्धन, प्रवर्द्धन, विस्तार तथा विकासका योजनाहरुको विषयमा राज्यको चासो कम भएको उनीहरुको गुनासो छ । गण्डकी प्रदेशका सांसद एवं संघका अध्यक्ष रामबहादुर गुरुङले कोभिड महामारीले निम्त्याएको प्रतिकुल अवस्थामा समेत गलैंचा उद्योगहरुले आफ्नो व्यवसायिक गतिविधिलाई निरन्तरता […]

‘गलैंचा उद्योगको विकासमा राज्यको चासो बढ्नुपर्छ’

१५ असोज, काठमाडौं । गलैचा उद्योगीहरुले नेपाल गलंैचा उद्योगहरुको विकासका लागि राज्यको थप चासो बढ्नु पर्ने बताएका छन् । गलैचा उद्योगको सम्वद्र्धन, प्रवद्र्धन, विस्तार तथा विकासका योजनाहरुको विषयमा राज्यको चासो कम भएको उद्योगीहरुको गुनासो छ । गण्डकी प्रदेशका सासंद एंव संघका अध्यक्ष रामबहादुर गुरुङले कोभिड महामारीले निम्त्याएको प्रतिकुल अवस्थामा समेत गलैचा उद्योगहरुले आफ्नो व्यवसायीक गतिविधिलाई […]