माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको …
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपा सरकारमा सहभागी हुनेबारेमा अनिर्णित हुँदै आएको थियो । तर, आजको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने निर्णय भएको एक नेताले जानकारी दिए । बैठकमा निर्देशन समिति गठन, लेवी र सांसदको स्वकीय
काठमाडौँ – सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक बस्दैछ। पार्टी कार्यालय धुम्बाराहीमा आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सरकारमा सहभागी नजाने बताइरहेका छन्। प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्।
नयाँ सत्ता गठबन्धनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने निर्णय मात्र गरेको र सरकारमा जाने/नजाने विषयमा छलफल नभएको बताउनुभएको छ । सोमबार माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरुको नयाँ बानेश्वरमा बसेको बैठकबाट बाहिरिंदै अध्यक्ष लिङ्देनले पहिलो चरणमा ५ देखि ७ सदस्यीय मन्त्रिपरिषद बन्न सक्ने र राप्रपा …
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा सघाएका राप्रपा र उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् ।
आज साेमवार बसेको राप्रपाको पदाधिकारीको बैठकले देशलाई अनिर्णयको बन्दी हुन नदिनका लागि प्रचण्डलाई समर्थन गरे पनि सरकारमा नजाने निर्णय गरेको हो । पछि परिस्थिति हेरेर निर्णय गर्न सकिने तर अहिले सरकारमा सहभागी नहुने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । राप्रपा...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा सहभागी नहुने जनाएको छ। सरकारमा नगए पनि समर्थन भन्ने गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका हुन्। सत्तारुढ गठबन्धनको बैठकमा सहभागी हुन बानेश्वरस्थित विरेन्द्र संसद भवन पुगेका लिङ्देनले उक्त कुरा बताएका हुन्। उनले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने तर सहभागी नहुने बताए हुन्।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्ने क्रममा बानेश्वर पुग्नु भएका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूसँग कुरा गर्नुहुँदै तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर सरकारमा सहभागी नहुने बताउनुभएको हो । राप्रपासँग प्रतिनिधिसभामा कुल १४ सांसद छन् ।
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद् भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सरकारमा नजाने तर समर्थन भने रहने बताएका हुन् । उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’
काठमाडौं, ११ पुष । राप्रपा सरकारमा नजाने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल सरकारमा सहभागी नहुने जानकारी दिए । राप्रपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि समर्थन दिएको छ । राप्रपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन दिएसँगै सो दलको आलोचना भएको थियो । पार्टीभित्रको दबाबका कारण राप्रपा अध्यक्ष लिङ्देनले सरकारमा नजाने निर्णय […]
११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् । पत्रकारसित उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’