अब एक साता एलसी नखोल्ने बैँकहरुको निर्णय

काठमाडौँ- नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले आगामी एक सातासम्म अत्यावश्यक बाहेक अन्य वस्तुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ। संघको आइतबार बसेको बैठकले निक्षेपको ब्याजदर स्थिर राख्ने र एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो। बढ्दो आयातका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढेपछि राष्ट्र बैंकले विलासिताका वस्तुहरुको […]

सम्बन्धित सामग्री

प्रतिबन्ध नलागेका सामानको एलसी खुल्ने

काठमाडौं । सरकारले आयातमा प्रतिबन्ध नलगाएका जुनसुकै सामान आयातका लागि बैंकहरूले प्रतितपत्र (एलसी) खोल्ने भएका छन् । सरकारले आयात गर्न नपाइने वस्तु तोकेपछि बाँकीको एलसी खोल्न सकिने नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए । ‘सरकारले राजपत्रमा सूचना जारी गरेर १० किसिमका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ,’ उपाध्यायले भने, ‘राष्ट्र बैंकले पनि सोहीअनुसार सूचना जारी गरेपछि अन्य सामानको एलसी खोल्ने बाटो खुलेको छ ।’ बैंकहरूले आफ्नो तरलताको अवस्थाअनुसार एलसी खोल्न सक्ने उनले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राजपत्रमा सूचना जारी गरी १० प्रकारका सामान आयात असारसम्मका लागि रोकेको छ । सोही सूचना राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई जारी गरेको हो । उच्च आयातका कारण शोधनान्तर घाटा उच्च र विदेशी विनिमय सञ्चिति घट्दै गएपछि चैत २१ गते राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ)लाई बोलाएर विलासी सामान र गाडीको आयात एलसी नखोल्न निर्देशन दिएको थियो । त्यसपछि वाणिज्य बैंकका सीईओहरूको संगठन नेपाल बैंकर्स संघले समेत अत्यावश्यक बाहेकका सामानको आयात एलसी नखोल्ने अनौपचारिक निर्णय गरेको थियो । राष्ट्र बैंकको निर्देशन र बैंकर्स संघमा भएको भद्र सहमतिअनुसार एलसी खोल्न छाडेका बैंकहरूले अब प्रतिबन्ध नलागेका सामानको आयात एलसी खोल्न सक्नेछन् । ‘हिजो राष्ट्र बैंकको अपेक्षाअनुसार बैंकहरू जिम्मेवार भएर विलासी सामानको एलसी नखोल्ने सहमति गरिएको हो,’ अध्यक्ष उपाध्यायले भने, ‘अब सरकारले नै सामान तोकेपछि त्यसैअनुसार बैंकहरूले काम गर्न सक्छन् ।’ तर, राष्ट्र बैंकको निर्देशनलगत्तै केही बैंकहरूले गाडी आयातका लागि खोलेको एलसीका बारेमा भने केन्द्रीय बैंकको निर्देशनअनुसार हुने उपाध्यायले बताए । राष्ट्र बैंकले आयात निरुत्साहित गर्न मंसिरबाटै विभिन्न नीतिगत व्यवस्था लागू गर्दै आएको छ । मंसिर पहिलो साता चाँदी आयातका लागि विदेशी मुद्रा सटहीमा सीमा तोकेको केन्द्रीय बैंकले पुस पहिलो साता २० हार्मोनिक कोड अन्तर्गतका विलासी सामानको एलसी खोल्दा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्‍यो । माघ तेस्रो साता थप २७ हार्मोनिक कोडअन्तर्गतका सामान नगद मार्जिनको नियम लगायो । फागुन तेस्रो साता सुनको कोटा आधा घटाएर १० किलोमात्र आयात गर्न पाउने व्यवस्था गरेको छ ।

अत्यावश्यक बाहेकका वस्तुको प्रतितपत्र तत्काल नखोलिने, ब्याजदर पनि नबढ्ने

चैत २८, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स संघले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ ।           आइतवार बसेको संघको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो । बैङ्कर्स संघका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैठकले गाडी, सुनचाँदीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी तत्काल नखोल्ने निर्णय भएको जानकारी दिए ।     बैंकहरूले गत साता नै गाडीलगायत कम आवश्यक र विलासिताका वस्तुका लागि एलसी नखोल्न आफ्ना शाखालाई निर्देशन दिइसकेका छन् । तर उक्त विषयमा बैंकर्स संघले औपचारिक रुपमा आइतवार मात्र निर्णय गरेको हो ।        उनका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार संघले सो निर्णय गरेको हो । संघले निजी गाडी, चिनी, चकलेट, चुइगम, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्र्युम, काठका सामग्री, मोबाइललगायत सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो ।             यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै विभिन्न ४७ ओटा वस्तुको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशत मार्जिनको व्यवस्था लागू गरेको थियो ।             यस्तैगरी, गत सोमवार राष्ट्र बैंकले २७ ओटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर गाडीलगायतका वस्तु आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंकले गाडी लगायतका वस्तुको एलसी खोल्न बन्द गरिसकेका छन् ।   संघले औपचारिक रूपमै अर्को सातासम्मका लागि उल्लिखित वस्तुका लागि एलसी नखोल्ने निर्णय गरेको स्रोतले बताएको छ ।  ब्याजदर पनि नबढाउने आइतवार  नै बसेको संघको बैठकले आगामी वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ । बैङ्कर्सबीच ब्याज नबढाउने निर्णय भएसँगै अब ११ दशमलव शून्य ३ प्रतिशतको ब्याज दरले निरन्तरता पाउनेछ ।

एक साता अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने बैंकर्स संघको निर्णय

काठमाडौँ- नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले आगामी एक सातासम्म अत्यावश्यकबाहेक अन्य वस्तुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ। आइतबार बसेको संघको बैठकले वैशाखामा निक्षेपको ब्याजदर स्थिर राख्ने र सँगै एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो । आयात बढेर विदेशी मुद्रा सञ्चिति रित्तिँदै गएपछि राष्ट्र बैंकले विदेशी […]

देश सञ्चार साँझ॥ एक साता एलसी नखोल्ने बैँकहरुको निर्णय || NEWS BULLETIN

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।   #deshsancharsanjha