सिरिन्ज अभावका कारण दुई साताअघि स्थगित कोरोनाविरुद्धको खोप अभियान भोलि पुस २७ गतेबाट हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिबाट उपत्यकामा तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप अभियान शुरू गर्न लागेको हो ।