रुपन्देही – लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री वलीले आफू एमालेमै रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरूले बहुमतको सरकार गठन गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएको केही समयपछि वलीले विज्ञप्ति निकालेर आफू सूर्य चिह्नबाट चुनाव लडेकाले पार्टी विभाजन भए पनि एमालेमै बस्ने निर्णय गरेको बताउनुभएको हो ।विपक्षी दलहरूले प्रदेश प्रमुखलाई बुझाएको निवेदनमा वलीसमेत गरी ४१ जना सांसदको समर्थन रहेको उल्लेख थियो । तर वलीले आफू एमालेमा रहेकाे बताएसँगै विपक्षी दलसँग बहुमत नपुग्ने भएक...