चीनले भन्यो- चीन-पाकिस्तान आर्थिक कोरिडोर भारतलाई निशाना बनाउनको लागि होइन

बीबीसी। चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले चीन-पाकिस्तान आर्थिक कोरिडोर भारतलाई निशाना बनाउनको लागि निर्माण नगरिएको बताएका छन्। आज बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। भारतले पाकिस्तान नियन्त्रित काश्मिर हुँदै बन्ने उक्त कोरिडोर निर्माणप्रति आपत्ति जनाउँदै आएको छ।चीनले भने उक्त कोरिडोर अफगानिस्तानसम्म विस्तार गर्ने इच्छा व्यक्त गरेको छ। यसको लागि पाकिस्तान र अफगानिस्तानसँग छलफल भइरहेको उनले जनाए।