तत्काल राहतको व्यवस्था गरिनुपर्छ: वरिष्ठ नेता पौडेल

कैलाली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताएका छन् । टीकापुरमा आयोजित कार्यक्रममा नेता पौडेलले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताए । उनले भने, ‘बाढीका कारण कैलालीको पूर्वी क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएको रहेछ । जुन मैले स्थलगत निरीक्षणका क्रममा देख्न पाएँ । […]