लुम्बिनीमा सरकार विस्तार नभएपछि माओवादी असन्तुष्ट

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ भएपछि सरकारको विषयमा छलफल गर्न माओवादी केन्द्रले लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठक बोलाएको छ । बैठक बिहीबार दाङको देउखुरीमै बस्दैछ । लुम्बिनीमा कांग्रेसको आन्तरिक विवादले ४ महिनासम्म पनि सरकार विस्तार हुन सकेको छैन । लुम्बिनीमा वैशाख १४ गते कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित सामग्री

लुम्बिनीमा सरकार विस्तारबारे मुख्यमन्त्री र सभामुखबीच छलफल

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीमगरबीच सरकार विस्तार, हिउँदे अधिवेशन आह्वान, विषयगत समितिको सभापति चयनलगायतका विषयमा छलफल भएको छ । छलफलमा सरकार र प्रदेशसभाका काम कारबाहीलाई प्रभावकारी रुपमा लैजान एकापसमा समन्वय गरेर जाने विषयमा मुख्यमन्त्री र सभामुखबीच समझदारी भएको सभामुखको सचिवालयले जनाएको छ । प्रदेशसभाको काम कारबाहीलाई प्रभावकारी बनाउन सभामा […]

लुम्बिनीमा सरकार विस्तार गर्दै मुख्यमन्त्री चौधरी

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी गरेका छन् । सरकार बजेट निर्माणको तयारीमा जुट्ने बेलामा पनि सरकार विस्तार हुन नसकेको आलोचना बढ्दै गएपछि मुख्यमन्त्री चौधरी सरकार विस्तारको तयारीमा जुटेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको साइड इफेक्ट: लुम्बिनीमा सरकार विस्तारमा ढिलाइ

रुपन्देही । नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि लुम्बिनी प्रदेशमा सरकार विस्तार प्रभावित भएको छ । मन्त्रीहरु छनोटको रस्साकस्सी चलिरहेको बेला उक्त प्रकरणले कांग्रेसबाट मन्त्री हुनेहरुको नाम छनोट प्रभावित भएको हो । यसै पनि प्रदेशमा कांग्रेसबाट मन्त्री बन्नेहरुको सूची लामो छ । आकांक्षीहरु धेरै भएकै बेला नेता खाँणको […]

लुम्बिनीमा सरकार विस्तारसँगै माओवादीमा विवाद

सरकार गठनको एक महिनापछि लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मन्त्रीको शपथ र पदभार ग्रहणसँगै लुम्बिनीमा १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका माओवादी, राप्रपा र जनमत पार्टीलाई मन्त्रालय बाँडफाँट गर्दै सरकार विस्तार गरेका हुन् । यसअघि १३ मन्त्रालय र ४ राज्यमन्त्री रहेकामा अहिले १० सदस्यीय मन्त्रिमण्डल गठन भएको हो ।