मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु

काठमाडौँ,१४ फागुन । यहाँको परिवर्तन थिएटरमा आज ‘प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव’ सुरु भएको छ । यही फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका–१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन् । विगत १० वर्षदेखि झापामा नाट्य कलाको प्रवद्र्धन गरिरहेको परिवर्तन थिएटरले विद्यालयमा नाट्य विधालाई व्यावहारिकरुपमा चिनाउन उत्सवको आयोजना गरिएको थिएटरकी अध्यक्ष कविता नेपालले बताइन् । […]